अपडेट 
२०८० पुष २५, बुधबार १६:५५

काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको हो । गौशाला २६ बलात्कार मुद्धामा अदालतले लामिछानेलाई तीन लाख जरिवाना तोकेको छ ।

त्यस्तै पीडितलाई जरिवानाको ३ लाख र थप दुई लाख समेत गरि रु ५ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

यसअघि पुस १३ गते अदालतले उनलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।

 

Comment


Related News

Latest News

Trending News