अपडेट 
२०८० पुष २६, बिहीबार ११:०४

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारहरूको आज नामावली प्रकाशन हुँदैछ ।

हिजो र अस्ति उम्मेदवारमाथि उजुरी र छानबिन गरेको निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो ।

आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाले उमेदवारी मनोनयन दर्ता गराएका थिए ।  जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुटाइएको थियो ।

Comment


Related News

Latest News

Trending News