अपडेट 
२०८० पुष २७, शुक्रबार ०८:१८

मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई विशेष संसदीय छानबीन समितिले फेरि समय दिएको छ ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनीता यादवले आफूलाई सोधिएको प्रश्नावलीसहितका आरोपहरु नबुझेपछि उनलाई बुँदागतरुपमा उपलब्ध गराएर बुँदागतरुपमै जवाफ लिने भएको छ भने अर्थमन्त्री संजयकुमार यादव भने माघ ३ गतेपछि लिखित जवाफ बुझाउने भएको छ ।

विशेष संसदीय छानबीन समितिले केही साता अघि मन्त्रालयको शीर्षक अन्तर्गतको रकम जथाभाविरुपमा रकमान्तर गरेको भन्दै के, कति, कारणले रकमान्तरण गरी अनियमितता भए नभएको भन्दै अर्थमन्त्री संजयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई सोधपुछका लागि बोलाएको थियो । तर अर्थमन्त्री यादवले भने आफू माघ ३ गतेसम्म व्यस्त रहेको जानकारी विशेष संसदीय छानबीन समितिको बैठकमा उपस्थित भएर बताएका थिए ।

त्यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बुँदागतरुपमै आपूmलाई प्रश्नहरु उपलब्ध गराउन आग्रह गरेपछि उनलाई पनि बुँदागतरुपमा प्रश्न उपलब्ध गराउने भएको छ । विशेष संसदीय छानबीन समितिका सभापति उपेन्द्र महतोले अर्थमन्त्री माघ ३ गतेसम्म व्यस्त रहने भनेपछि उनलाई माघ ४ गतेसम्ममा लिखित जवाफ उपलब्ध गराउन निर्देशन दिएको बताए ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री यादवलाई समेत बुँदागतरुपमा प्रश्नहरु उपलब्ध गराउने उनले बताए । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले भने आफूलाई के कति सम्बन्धि सोधिएको छ, सोबारेमा आपूm असमञ्जसमा परेको भन्दै उनले आग्रह गरेपछि उनलाई बुँदागतरुपमै रकमान्तरणसहितका बारेमा स्पष्टीकरण सोध्ने सभापति महतोले बताए ।

आर्थिक वर्ष ०७९/०८० को मसान्तमा आएर जथाभावीरुपमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको शीर्षकसहितको रकम अर्थ मन्त्रालय मार्फत रकमान्तरण गरेर अनियमितता गरेको देखिएको भन्दै अर्थमन्त्री यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री यादवमाथिसमेत छानबीन गर्नका लागि विशेष संसदीय छानबीन समिति नै गठन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News