![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/07/madhesh-pradesh-sarkar.jpg)
मधेश प्रदेश सरकारले माघ ३ गते ‘स्वाभिमान दिवस’ मनाउने निर्णय गरेको छ ।
देश संघीय संरचनामा गएपछि राखिएको सांकेतिक नाम ‘प्रदेश नम्बर २’लाई प्रदेशसभाले ०७८ माघ ३ मा मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो । यो दिन ऐतिहासिक रहेको भन्दै प्रदेश सरकारले ‘स्वाभिमान दिवस’मनाउने निर्णय गरेको छ ।
गृहसञ्चार तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता मोहम्मद समिमले बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ३ लाई ‘स्वाभिमान दिवस’को रुपमा मनाउने निर्णय गरेको जानकारी दिए ।
माघ ३ मा ‘स्वाभिमान दिवस’ मनाउन पर्सा ३(१)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले मुख्यमन्त्रीको अनुरोध गरेका थिए ।
यस्तै मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ मा बीरगञ्जमा ‘बलिदानी दिवस’मनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।