२०८० पुष २८, शनिबार ०८:१०

श्री महावीर युवा कमिटिले आफनो ३३ औं वार्षिकोत्सव मनाउने क्रममा आयोजना गरेको श्री महावीर सप्ताहको दोस्रो अन्तिम दिन शुक्रवार रक्तदान तथा महिला पत्रकारहरुलाई सम्मान गरेको छ । कमिटिको प्राङ्गणमा शहिद पत्रकार उमा सिंहको स्मृतीमा आयोजित  रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको बताइएको छ ।
साथै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको विशेष उपस्थितीमा भएको महिला पत्रकारहरुको सम्मान कार्यक्रममा करिव एक दर्जन भन्दा बढि महिला पत्रकारहरुलाई सल ओढाएर सम्मान गरिएको कमिटिका अध्यक्ष अजय गुप्ताले बताए ।
महेश साह संयोजक रहेको कार्यक्रममा पत्रकारका अगुवाहरु, कमिटिका वर्तमान र पुर्व अगुवाहरु सहित सञ्चारकर्मीहरुले शहिद पत्रकार उमासिंह बारे चर्चा गरेका थिए । सप्ताहको अन्तिम दिन शनिवार हनुमान आराधना र पुरस्कार तथा सम्मान समारोह आयोजना हुने कमिटिले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News