२०८० पुष २८, शनिबार १८:३९

चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले संघिय सरकारका उद्योग मन्त्री रमेश रिजालमाथि गम्भीर आरोप लगाएका छन् ।

सप्तरी देखि वीरगंज सम्म थालेको चुरे संकल्प पद यात्राको वीरगंजमा समापनमा कार्यक्रममा सम्वोधन गर्दै संयोजक यादवले उद्योग मन्त्री रिजालले आफुले चुरे संरक्षणका लागि थालेको आन्दोलनलाई बेचेको आरोप लगाए । उनले भने,‘चुरे संरक्षण देखि लिएर सिर्सिया नदी संरक्षणका लागि काठमाण्डु सम्म पद यात्रा गर्दा मुद्दा सम्वोधन गर्ने प्रतिवद्धता जनाएपनि उनले आफनो आन्दोलन एक करोडमा बेचेका हुन् ।’ संयोजक यादवले पटक पटक आन्दोलन गर्दा पनि मधेश प्रदेशका वन मन्त्री रमेश कुर्मीले चुरे संरक्षणका लागि चासो समेत नलिएको र आफुहरुको आन्दोलनप्रति अलिकती पनि सम्वेदनशिल नभएको बताउदै उनी माथि जनकपुरधाम प्रवेस निषेध सम्म घोषणा गरिने चेतावनी दिए । उनले भने,‘आउने तीनचार दिनमै आफुहरुको बैठक वसी वनमन्त्री कुर्मीलाई मधेश प्रदेशको राजधानीमा पस्न निषेध गरिने निर्णय गरि घोषणा गरिने छ ।’

चुरे संरक्षणको माग,दलीत भुमीहिनलाई लालपुर्जा दिनुपर्ने र र्सिर्सिया नदीको संरक्षणको माग गर्दै सप्तरीको कोशी नदि देखि लिएर हुलाकी राजमार्ग हुदै वीरगंजको घण्टाघर सम्म चुरे संरक्षण पद यात्रा गरेका छन् ।

Comment

Related News

Latest News

Trending News