अपडेट 
२०८० माघ १, सोमबार ०७:३८

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णयहरुलाई कार्यान्वयन गराउन मातहतको निकायहरुमा सर्कुलर गरेको छ । पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहतका समितिलाई आइतवार जारी गरेको छ ।

सर्कुलर अनुसार मधेश प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक माघ ६ गते बिहान ११ बजे पार्टी प्रदेश कार्यालय जनकपुरधाममा बोलाइएको छ । सांगठनिक तथा राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको बताइएको छ ।

माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका कोशी प्रदेश, मधेश प्रदेश, लुम्विनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने निर्णयको सर्कुलर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News