अपडेट 
२०८० माघ ४, बिहीबार १७:२५

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ।

जारी प्रतियोगितामा मधेसको यो दोस्रो जित हो भने एपिएफको पहिलो हार हो। एपिएफले दिएको २४७ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्दै जित निकालेको हो।

एपिएफको जितमा मध्य क्रमका ब्याट्सम्यान त्रय पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे। सर्राफले ६४ रन र निरजले ५२ रन बनाए। रुपेशले नटआउट ७२ रन जोडे। उनले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा एपिएफका रुपेश कुर्मी र कप्तान रोहित पौडेलले २/२ विकेट लिए। त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेट क्षतिमा २४६ रन बनायो।

एपिएफका लागि आसिफ शेखले ५९ रन र रोहित पौडेलले ५८ रन जोडे। अमरसिंह रटेउलाले नटआउट ४९ रन जोडे। बलिङमा मधेसका रुपेश सिंह र प्रदीप पासवानले ३/३ विकेट लिए। यस्तै रञ्जित कुमारले २ विकेट लिए।

Comment


Related News

Latest News

Trending News