अपडेट 
२०८० माघ ७, आईतवार ०७:५७

जनकपुरधाममा जारी प्रदेश स्तरीय अन्तर बैंक क्रिकेट प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंकसहित विभिन्न ४ वटा बैंकका क्रिकेट टिम सेमीफाइलमा पुगेको छ । शनिवार भएको क्वाटर फाईनल म्याचमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराईज बैंक, प्रभु बैंक र नबिल बैंकका क्रिकेट टिम विजयी भएका छन् ।

विजयी भएका विजयी टिमहरु सेमीफाईनल म्याच खेल्ने आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी संघ जनकपुरधामले जनाएको छ । संघका अनुसार आइतबार सेमीफाईलमा प्रभु बैंक र नबिल बैंक बीच र अर्को खेल राष्ट्रिय वाणिज्य बैंक र सनराईज बैंकका टिम बीच हुने छ ।

शनिवार भएको क्वाटर फाईनलको पहिलो खेलमा नबिल बैंकले कृषि विकास बैंकलाई ३९ रनले पराजित गरेको छ । टाँस जितेर पहिले बैटिङ्ग रोजेका नबिल बैंकले १० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ७ रन बनाएका थिए । १०८ रन विजय लक्ष्य लिएर मैदानमा उत्रेका कृषि विकास बैंकल निर्धारित १० ओभरमा ४ विकेटको नोक्सानमा मात्र ६४ रन बनाउन सकेका थिए । उक्त खेलको म्यान अफ दि म्याजको उपाधि नबिल बैंकमा दिनेश अधिकारीलाई प्रदान गरियो ।

त्यसैगरि, कुमारी बैंक र प्रभु बैंक बीच भएको दोस्रो खेलमा प्रभु बैंकले८ विकेटले जीत हात पारेको छ । टाँस जितेर पहिलो बैटिङ्ग गरेका कुमारी बैंकले ६ विकेटको नोक्सानमा ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्य लिएर बैटिङ गरेका प्रभु बैंकले २ विकेटकै नोक्सानमा लक्ष्य पाउन सफल भएका थिए । सो म्याचको म्यान अफ दि म्याचको उपाधि आशुतोष बैद्यलाई प्रधान गरिएको संघका अध्यक्ष सियाराम यादवले जानकारी दिए ।

तेस्रो म्याज मल्टिपर्पस फैनान्स र लक्ष्मी सनराईज बैंक बीच भएको थियो । टाँस जितेर सनराईजले पहिलो बल्ङि रोजेको थियो । मल्टिपर्पस फैनान्स टिमले ४ विकेटको नोक्सानमा ८४ रन बनाएका थिए । जवाफी पारि खेल्दै सनराईजले १ विकेटकै नोक्सानमा विजयी लक्ष्य पुरा गरेका थिए । सनराईज ९ विकेटले विजयी भएको अध्यक्ष यादवले बताए ।

त्यसैगरि, क्वाटर फाईनलको अन्तिम खेल राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकका टिम बीच भएको थियो । सो खेलमा राष्ट्रिय वाणिज्य बैंकले ५७ रनले सानिमा बैंकलाई हराउदै सेमिफाईलनमा आफ्ना स्थान सुरक्षित गरेको छ । टाँस जितेर पहिलो बैटिङ रोजेका राष्ट्रिय वाणिज्य बैंकले निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । ११६ रन विजयी लक्ष्य लिए मैदानमा उत्रेका सानिमा बैंकका टिमले ६ विकेट गुमाउदै मात्र ५८ रन जोड सकेका थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ जनकपुरधामको आयोजना भईरहेको यो दोस्रो प्रदेश स्तरीय अन्तर बैंक क्रिकेट प्रतियोगिताको प्रयोजक राष्ट्रिय वाणिज्य बैंक, एनलाईसी एशिया बैंक र प्रभु बैंक रहेको छ ।

Comment


Related News

Latest News

Trending News