अपडेट 
२०८० माघ ९, मंगलवार ०८:२१

अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधामसहित देशव्यापीरुपमा उत्साह देखिएको छ । जनकपुरधामको हरेक चोक– चोकमा राम अंकित ध्वजासहितको झण्डा झुण्ड्याएर दीप प्रज्ज्वलनसमेत गरिएको छ । यसैक्रममा जनकपुरधाममा व्यापारीले मनपर्दीरुपमा ध्वजाको बिक्री गर्ने गरेकोसमेत पाइएको छ ।

एक सय रुपैयाँको ध्वजा सोमबार जनकपुरधाममा एक हजार सम्ममा व्यापारीले बिक्री गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, बर्दिबास, जनकपुरधाम, सिरहा, लहान, राजविराज, रुपनी लगायतका स्थानमा ध्वजाको कमी भए संगै महँगोमा बिक्री भएको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका थिए ।

स्थानीय उपभोक्ता राकेश साहले एक सय रुपैयाँमा पाइने ध्वजा व्यापारीहरुले एक हजार रुपैयाँमा बिक्री गरेको जानकारी दिए । उनले व्यापारीले मनलाग्दीरुपमा मूल्यवृद्धि गर्दा पनि रामको प्राण प्रतिष्ठाको उत्सव मनाउनका लागि चर्को मूल्यमा खरिद गरेको बताए । जनकपुरधाममा रामको प्राण प्रतिष्ठाको अवसरमा दशौँ हजार ध्वजा बिक्री भएको छ । त्यस्तै मधेश प्रदेशका अन्य जिल्लाहरु पनि यस्तै समस्या देखिएको छ ।

Comment


Related News

Latest News

Trending News