२०८० माघ १०, बुधबार १४:४५

भारत उतरप्रदेशको अयोध्यामा निर्माण भएको भब्य श्री राम लल्लाको मन्दिर समुदघाटन तथा प्राण प्रतिष्ठा अनुष्ठानको शुभ अवसरमा नेपालको धनुषालाई भारतको पिपरौन संग जोडने धनुषाको जटही भन्सार नाका स्थित महादेव मन्दिरमा नेपाल भारत खुल्ला सीमा संवाद समुह र नेपाल भारत सीमावर्ती नागरिक समाजले संयुक्त रुपमा हनुमान आराधनाको आयोजना गरेका छन् ।

मंगल कामना र दुई देशको सम्बन्धलाई थप प्रगाढ पार्दै सीमावर्ती दुवै तर्फका जनताहरुको हितका लागि कार्यक्रमको आयोजना गरिएको दुवै संस्थाका अगुवाहरुले बताएका छन् । समुह र समाजका अध्यक्षद्वय क्रमश राजिव झा र मुरली मनोहर मिश्रले दुवै देशका अगुवाहरु मिलेर नाकामा आजको शुभ दिनमा गरिएको कार्यक्रमले दुई तर्फी हित हुने बताए ।

सो अवसरमा समुह र समाजका प्रदिप कुमार चौधरी, रितेश कुमार चौधरी, डा. अजय झा सहितको सक्रिय सहभागिता थियो ।

Comment

Related News