अपडेट 
२०८० माघ १०, बुधबार १४:४७

सिरहामा श्रम स्वीकृत लिनेको संख्यामा बढोत्तरी हुदै गएको छ । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गते देखि लागु हुने गरि स्थानीय तहबाट श्रम स्वीकृतिको लागि आवेदन दिने निर्णय गरे देखि मिर्चैया नगरपालिकाबाट श्रम स्वीकृति लिनेहरुको संख्यामा बढोत्तरी भएको हो ।
नगरपालिकाका रोजगार सेवा केन्द्रका रोजगार सहायक हेम नारायण यादवको भनाइ अनुसार मिति २०८० पुष मसान्त सम्म करिब १०० जना श्रमिकले श्रम स्वीकृति लिएको जानकारी दिए । यादवका अनुसार मिर्चैया नगरपालिकामा श्रम स्वीकृत गराउने श्रमिक हरु मिर्चैया नगरपालिकाको वडा नं १ देखि १२ सम्मको करिब ८० जनाको श्रमिक स्वीकृत भइसकेको र छिमेकी नगरपालिकहरुको श्रमिकहरु पनि मिर्चैया नगरपालिकाबाट श्रम स्वीकृत लिएका छन् ।
यसरी स्वीकृति लिनेहरुमा कल्याणपुर नगरपालिकाकामा १०, कर्जन्हा नगरपालिकाका ६ सहिद नगरपालिकाका १, गोलबजार नगरपालिकाका २ र लहान नगरपालिकाका १ जना गरि जम्मा १०० जनाले श्रम स्वीकृति लिएको जानकारि दिइएको छ । नगरपालिकाबाट साउदी अरेबिया, कतार, युएइ, मलेसिया र कुवेत लगायतका देशको लागि श्रम स्वीकृति लिएका पनि यादवले जानकारी दिए ।
नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया नगरपालिका द्वारा १०० जनालाइ श्रम स्वीकृत भइसकेको अवसरमा उनले भने, ‘अब पालिकावासीलाइ श्रम स्वीकृत गर्नका निम्ति जनकपुरधाम, काठमाडौँ लगायत अन्य वैदेशिक रोजगार बोर्डको कार्यालय र एजेन्ट वा म्यानपावर धाउनुपर्ने बाध्यता हटेको छ र विभिन्न एजेन्ट तथा म्यानपावरले लिनु पर्ने वास्तविक शुल्क भन्दा अधिक रकम असुल गर्ने समस्या र पटक पटक जादा खेरि खाना खाजा, गाडी भाडा, मानसिक तनाव र समयको बचत भएको र आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौे ।’
मिर्चैयाका रोजगार संयोजक गणेश गुप्ताका अनुसार पालिकाले सहजिकरण गरेपछि श्रम स्वीकृति लिने व्यक्ति अब कतै धाउनु नपर्ने र जनता ठगिबाट बच्दा खुशी र विश्वस्त भइ श्रम स्वीकृति लिनेको चाप बढेको बताए । संघ सरकारले यो कार्य सहजीकरणका लागि स्थानीय तहमा दिदा श्रम स्वीकृति गर्दा पासवर्ड रिसेटको अधिकार नदिएको हुँदा जनताको काममा ढिलाई हुनको साथै झन्झटिलो भएकोले, स्वीकृति गर्ने अधिकार वोर्डको कार्यालयले राखे पनि कम्तिमा पासपोर्ट रिसेटको अधिकार स्थानीय तहलाई दिनुपर्ने उनको भनाइ रहेको छ ।
नेपाल सरकारले विश्वका १ सय ४४ देशमा श्रम स्वीकृतिको व्यवस्था गरेको छ । ति देशमा काम गर्न जान आर्थिक वर्ष ०७९/८० मा मात्रै ७ लाख ७१ हजार ३२७ ले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

Comment


Related News

Latest News

Trending News