अपडेट 
२०८० माघ ११, बिहीबार ०८:१७

राष्ट्रिय सभासदस्यको मतदान हुने दिन बिहीबार प्रभू साह नेतृत्वको आम जनता पार्टी(आजपा)ले बन्द आह्वान गरेको छ । सरकारी सवारी साधनलाई तोडफोड गर्ने धम्कीदिदै मतदानलाई प्रभावित गर्न आजपाले बन्द आह्वान गरेको बताइन्छ ।

दुई वर्ष पूर्व राष्ट्रिय सभाको जनकपुरधाममा भएको मतदानलाई अवरुद्ध गर्न जनमत पार्टीले पनि किसान आन्दोलनको नामबाट जनकपुरधाममा प्रदर्शन र बन्द आह्वान गरेको थियो । सो क्रममा केही सरकारी सवारी साधनहरुमा तोडफोड गरिएको थियो ।

आजपाले बैंकको ब्याज दरलाई घटाउनु पर्ने मागगर्दै बन्दको आह्वान गरेको छ । आजपाले पनि मतदानलाई लक्षितगर्दै बन्द आह्वान गरेकाले नगर क्षेत्रमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको छ । आजपाको आईटी सेनाले बुधवार सरसफाईमा लागेको थियो ।

Comment


Related News

Latest News

Trending News