अपडेट 
२०८० माघ १२, शुक्रबार १६:५९

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अखाद्य वस्तुको रुपमा रहेको कटन क्याण्डी (हवाई मिठाई) जफत गरि नष्ट गर्ने अभियान सुरु गरेको छ ।

सरकारले स्वास्थयका लागि हानीकारक रहेको ठहर गर्दै कटन क्याण्डी विक्री वितरणमा रोक लगाएपछि कार्यालयले विहिबार देखि जनकपुरधाममा जफत गरि नष्ट गर्ने अभियान सुरु गरेको हो । कार्यालयका खाद्य निरिक्षक प्रवीण तिवारीको अगुवाईमा जनकपुरधामको भ्रमरपुराचौक स्थित उत्पादन गर्दै आएको अखाद्य वस्तु हवाई मिठाई जफत गरि नष्ट गरेका छन् । तयारी अवस्थामा राखिएको साढे चार सय थान कट्न क्याण्डी(हवाई मिठाई र त्यसलाई बनाउनमा प्रयोग गरिएको रंग सहित जफत गरि नष्ट गरिएको छ । विहिबारनै कार्यालयले हवाई मिठाई बेचिरहेको अवस्थामा जानकी मन्दिर प्रांगनबाट साढे चारसय जफत गरि नष्ट गरिएको खाद्य निरिक्षक प्रविण तिवारीले बताए । उत्पादन गर्दै आएका उद्योगका संचालक प्रभु प्रसाद पटेललाई अब देखि कट्न क्याण्डी बेच्नबाट रोक लगाउदै विक्री वितरणका लागि अनुज्ञापत्र लिई लेबल विवरण पुर्णरुपमा खुलाई विक्री वितरण गर्न निर्देशन दिइएको खाद्य निरिक्षक प्रमोद बुढाथोकीले बताए ।

खास गरि बालबालिकाहरुले खादै आएको हवाई मिठाईमा रोडा माइन विको नामको अखाद्य रंग प्रयोग गर्दै आएको र सो स्वास्थयका लागि निकैनै हानिकारक रहेकोले सरकारले माघ ८ गते देखि सूचनानै जारी गरि विक्री वितरणमा रोक लगाउन निर्देशन दिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख हस्त बहादुर राईले बताए । उनले विना इजाजतको अब देखि पुनः बेचिएको पाइए या निर्देशन अटेर गरेको भेटिए कडा भन्दा कडा कारवाही गरिने बताए ।

यता कृषि तथा पशुपन्छी विकास कार्यालयले जारी गरेको सूचनामा विभिन्न स्थानमा सडकपेटी,बजार,मेला लगायतमा विक्री वितरण भइरहेको रंगिन कट्न क्याण्डीमा मानव स्वास्थ्यमा असर पुरयाउने अखाद्य रंग रोडा माइन विको प्रयोग भएकोले विभागबाट अनुज्ञापत्र पत्र प्राप्त गरि लेवल लगाइएका बाहेकका कटन क्याण्डी उपभोग नर्गन अनुरोध गरेको छ । साथै विक्री वितरण नगर्न नगराउन र कानुनको बर्खिलाप गए कडा कारवाही हुने सूचनामा भनिएको छ ।

कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने चिकित्सकको भनाई छ । उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।

Comment


Related News

Latest News

Trending News