अपडेट 
२०८० माघ १४, आईतवार ०७:५८

जनकपुरमा पार्किंग गरि राखेको अटो रिक्सामा आगजनी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ मा हरिनन्दन कापरको अटो रिक्सामा गए राति आगजनी भएको छ । सडक छेउमा पार्किंग गरिएको अटो रिक्सामा राति कुनै अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । आगजनीबाट उनको अटो रिक्सामा धेरै क्षति पुगेको छ ।

कापर केही महिना अघि आफूले जम्मा गरेको केही रकम तथा सरसापट र ऋण लिइ अटो रिक्सा किनेका थिए । दैनिक जनकपुरमा अटो चलाएर उनको परिवारको छाँक टर्ने गरेको थियो । अटो रिक्सामा आगजानीपछि उनी समस्यामा परेका छन् ।

Comment


Related News

Latest News

Trending News