अपडेट 
२०८० माघ १४, आईतवार ०७:२३

जानकी सेनाले जानकी मन्दिरमा मनाएको दीपोत्सव कार्यक्रमको शनिबार आय व्यय सार्वजनिक गरेको छ ।

गत जनवरी २२ तारिखका दिन भारतको आयोध्यास्थित नवनीर्मित मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको अवसर पारेर जानकी सेनाले दीपोत्सव कार्यक्रमको आयोजना गरेको थियो ।

दीपोत्सव कार्यक्रममा सवा लाखभन्दा बढी दीप बालिएको थियो । समाजकै सहयोगबाट यो कार्यक्रम सफल पारिएकाले यो कार्यक्रम आयोजना गर्न गरिएको खर्च तथा आय सार्वजनिक गरिएको जानकी सेनाका प्रवक्ता आशुतोष झाले जानकारी दिए ।

उनले यो कार्यक्रम आयोजनाका लागि समाजबाट ३ लाख ५ हजार ६ सय ७६ रुपैयाँ संकलन गरिएको जसमध्ये २ लाख ४३ हजार ३ सय ५४ रुपैयाँ खर्च भएको जानकारी दिए । बाँकी रहेको रकम ६२ हजार ३ सय २२ रुपैयाँ जानकी सेनाको कोषमा जम्मा गरिएको बताए ।

त्यस्तै दीपोत्सव कार्यक्रमका लागि २ हजार ५१ लिटर तेल सहयोग वापत प्राप्त भएकोमा १ हजार १ सय ४१ लिटर तेल खपत भएको झाले बताए ।

बाँकी रहेको ९ सय १० लिटर तेलको व्यवस्थापन गर्ने तयारी भईरहेको जानकी सेनाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News