अपडेट 
२०८० माघ १४, आईतवार ०७:४३

वीरगञ्जको नेशनल मेडिकल कलेजको होस्टलबाट एक साता अघि निस्किएका दुई विद्यार्थीहरुको रहस्यमय मृत्यु भएको पीडित परिवारजनले आरोप लगाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको भनिएको घटनामा बाराका एक जना बिडिएसका विद्यार्थी र धनुषाको सबैला– ५ स्थित मखनाहाका २२ वर्षिय अध्ययनरत रहेका सुमित यादव (एमबिबिएस दोस्रो वर्ष) को पनि मृत्यु भएको थियो ।

यता मृतक यादवका पिता फुदन यादव र क्रियामा बसेका दाजु आशिष कुमार यादवले शनिबार राति २ बजे तिर शिवन यादव होस्टल बाहिर जाँदा पनि आफुहरुलाई कलेजले जानकारी नगराएको प्रति आपत्ति जनाएको छ ।

मृतकका पिता यादवले छोरा राति होस्टलबाट किन निस्क्यो भन्ने कुरा मलाई जानकारी किन गराइएन र सिसिटिभी फुटेज माग्दासमेत कलेज प्रशासनले दिन नमानेको भन्दै उनले मृत्यु नभई हत्या हुन सक्ने आशंका गरे ।

धनुषाको सबैलामा पत्रकार सम्मेलन गर्दै पीडित परिवारजनले कलेजको लापरवाहीका कारण हत्या हुन सक्ने आशंका व्यक्त गर्दै मृत्यु रहस्यमय भएको दाबी गरे ।

Comment


Related News

Latest News

Trending News