अपडेट 
२०८० माघ १५, सोमबार ०८:०४

जनकपुरधाममा एक जनाको चिसोका कारणले मृत्यु भएको छ ।

जनकपुरधामको वडा नं १० जानकी चोक एरियामा अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने पुरुषको चिसोले मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले मृतक पुरुष जनकपुरधाममा विगत केही समय देखि मागेर खाने गरेको जानकारी दिए । सडकमा नै मागेर खाने तथा सुत्ने गरेका कारणले चिसो लागेर उनको मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

मृत्यु भएको पुरुषको परिचय भने खुलेको छैन् ।

Comment


Related News

Latest News

Trending News