अपडेट 
२०८० माघ १५, सोमबार ११:१७

महोत्तरीमा वडा स्तरीय समुदायमा कांग्रेस अभियान १६ गते देखि हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार महोत्तरीमा १६ गते सहिद दिवस मनाउने, पार्टी कार्यालय जलेश्वर शुरूवात गर्न अभियान र जिल्लाको १३६ वडाहरुमा “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने निर्णय गरिएको नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानको नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको प्रचार प्रमुख गुप्ताले बताए ।

माहामन्त्री गगन थापाको हुलाकी राजमार्गको यात्रालाई भव्य तथा सफल बनाउन महोत्तरी जिल्ला समितीले विभिन्न कार्यहरु गर्ने बताइएको छ । सो अभियान संचालनको लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा पदम नारायण चौधरीलाई जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको अध्यक्षतामा बसेको बैठकले महोत्तरीको सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News