अपडेट 
२०८० माघ १५, सोमबार १६:५१

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट परिवर्तन र सानो क्रान्ति नै ल्याउने खालको हुने बताएका छन् ।

सोमबारदेखि वीरगन्जमा सुरु भएको प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘मेरो ध्यान अहिले सरकारको नीति तथा कार्यक्रम बनाउने र बजेट निर्माणमा रहेको छ,’ उनले भने, ‘सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेट मुलुकमा परिवर्तन र सानो क्रान्ति ल्याउने संकल्पसहित अघि बढेको छ ।’

प्रधानमन्त्री दाहालले गत वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया जनताको तथा लोकतन्त्रको पक्षमा नरहेको जनगुनासो आएकाले यस बर्वा सर्तकता अपनाइएको बताए । ‘यस पटकको नीति तथा कार्यक्रम र बजेटबाट आमूल सुधा सहितको प्रतिबद्धता आउने छ,’ उनले भने, ‘जनवादी र लोकतान्त्रिक तरिकाले बनाइने छ ।’

आउँदो बजेटमा कृषिमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिइने बताउँदै दाहालले पुराना योजना पूरा नभई नयाँ योजना नल्याइने बताए । ‘पुँजीगत बजेटलाई समयमै खर्च गर्दै पुराना योजनालाई प्राथमिकता दिइने छ,’ उनले भने, ‘सीमित नयाँ योजना मात्र ल्याइने छ, जनताले अनुभूति गर्ने खालको नीति तथा कार्यक्रम र बजेट ल्याइने छ ।’

प्रधानमन्त्री दाहालले ३ करोड रुपैयाँभन्दा कमको बजेटको योजना अब संघ सरकारले नचलाउने बताउँदै त्यस्तो योजना प्रदेश सरकार र स्थानीय तहलाई दिइने बताए ।

Comment


Related News

Latest News

Trending News