अपडेट 
२०८० माघ १७, बुधबार ०८:१५

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल भारतबीचको सम्बन्ध बलियो हुँदै गएको बताएका छन् । वीरगञ्जका उद्योगी व्यापारीहरुसंगको छलफलमा राजदूत श्रीवास्तवले नेपाल भारतबीचको सम्बन्ध विगत भन्दा झन दरिलो बन्दै गएको बताए ।

राजदूत श्रीवास्तवले भारत र नेपालबीचको आर्थिक, सामजिक, धार्मिक लगायत द्विपक्षीय हकहितका सबै विषयलाई सुदृढ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे । वीरगञ्ज उद्योग वाणिज्य संघले मंगलबार स्थानीय उद्योगी व्यवसायीहरु संगको भेटघाट तथा स्वागत कार्यक्रममा राजदूत श्रीवास्तवले सो कुरा बताए । नेपाल भारतबीच आइपर्ने सबै समसामयिक समस्याहरु तदारुक्ताका साथ समाधान गर्ने काम भइरहेको उनले जानकारी दिए ।

उनले नेपाल भारतबीचको सम्बन्धलाई अझ दरिलो बनाउन सबैखाले सकारात्मक सुझावलाई आत्मसात गरिने बताए । राजदूत श्रीवास्तवले भने– ‘सवैखाले समस्या समाधानको प्रयासहरु भइरहेको छ, नेपाल भारतबीचको कनेक्टि भिटिहरु बढेका छन, नेपालले गर्नु पर्ने र गर्न सक्ने धेरै कुरा छन, जुन नितान्त नेपालको हितमा छ ।’ भारतले नेपालसंग खरिद गरेको बिजुली को चर्चा गर्दै राजदूत श्रीवास्तवले भने–‘पहाडी क्षेत्रमा ट्रान्स्मीसन लाइन बिस्तार गर्न सकिएको छैन, जुन भारतमा बिजुली खरिदको लक्ष्य पूरामा बाधक बन्न सक्छ, जसले गर्दा नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ ।’ यसतर्फ सकारात्मक अग्रसरताको आवश्यकता रहेको उनको भनाइ थियो ।

जनकपुरधाम– कुर्था रेल्वे पनि दक्ष जनशक्तिको कमीले क्षमता अनुसार चल्न नसकेको बताउदै उनले भारत जनशक्ति उत्पादनको लागि सहयोग गर्न तयार रहेको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोट सञ्चालन गर्न आग्रह गर्दै यसतर्फ भारत सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले भारतीय पाँच सयको नोटको नेपालमा लगाइएको प्रतिबन्धले भारतीय पर्यटकहरुलाई ठूलो समस्या भइरहेको गुनासो व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News