अपडेट 
२०८० माघ १७, बुधबार १३:०४

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी तोलामा तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News