अपडेट 
२०८० माघ २०, शनिबार ०८:२४

सर्लाहीको नवलपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट, राजपुर–१ का यमामुद्दीन देमाानले चेकिङका क्रममा विवाद भएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको प्रहरी प्रवक्ता ओमप्रकाश यादवले जानकारी दिए । नेसनल मेडिकल कलेज वीरगञ्जमा घाइते ट्राफिक प्रहरी जवान महतोको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News