अपडेट 
२०८० माघ २०, शनिबार १२:३१

अमेरिकाले इराक र सिरियामा ब्यापक हवाइ हमला सुरु गरेको छ । गत आइतवारको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको बदलामा अमेरिकाले हवाइ हमला सुरु गरेको हो ।

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले शुक्रबार रातीबाट सिरिया र इराकका ८५ स्थानलाई केन्द्र बनाइ आक्रमण गरेको हो ।

अमेरिकी सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिशिया समूहहरू विरुद्ध हवाई आक्रमण गरेको जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमार्फत भने, ‘हाम्रो प्रतिक्रिया सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ ।’

गत साता टावर २२ नामक अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ४० भन्दा बढी सैनिक घाइते भएका थिए । सो घटनामा ह्वाइट हाउसले इरानलाई दोष दिदैँ धेरै परिमाणात्मक प्रतिक्रिया दिने यसअघि नै जनाइसकेको थियो ।

इरानले संलग्नतालाई अस्वीकार गर्दै अमेरिकी आरोपहरू ‘निराधार’ भएको जनाएको छ । उसका अनुसार प्रतिरोधी समूहहरूको निर्णयमा इरानको संलग्नता नभएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News