अपडेट 
२०८० माघ २२, सोमबार ०८:०९

धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद यादवले करारका कर्मचारी भर्नाको नतिजा प्रकाशन गर्न आलटाल गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।

नगरपालिकाले वैशाख १० मा करारका कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशन गरेको थियो । विज्ञापन अनुसार करार कर्मचारीको नतिजा प्रकाश नहुँदा नगरपालिकाको एम्बुलेन्स, जेसिबि लगायत अन्य सवारी साधन प्रयोगमा आउन नसकेको वडा नं. ८ का वडाध्यक्ष जीवछ यादवले बताए । नगर प्रमुखलाई नतिजा प्रकाशन गर्न पटक–पटक आग्रह गर्दा कुराको सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले जानकारी दिए । १० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयमा कार्यालय सहयोगी समेत नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको उनको भनाइ छ ।

वडाध्यक्षहरुले कार्यालयमा तालावन्दी गरेपछि कार्यालयको सम्पूर्ण कामकाज प्रभावित भएको छ । कार्यालयमा आएका सेवाग्रहीहरु काम नगराएरनै फर्केका थिए । कार्यालयमा वडाध्यक्षहरुको तालावन्दीको बारेमा आपूmहरुलाई थाहा नभएको सेवाग्रहीहरुले गुनासो गरेका थिए । कार्यालयमा तालावन्दी भएपछि कार्यालयवाट प्रवाह हुने सम्पूर्ण कामकाज ठप्प भएको छ ।

वडाध्यक्षहरुले आफूहरुको माग सम्वोधन नहुँजेल सम्म तालावन्दी जारी राख्ने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News