अपडेट 
२०८० माघ २२, सोमबार १५:३४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका हुन् ।

नेताहरूले प्रहरी मेरै अधीनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले विकृति सिर्जना गर्ने उनको भनाइ छ । ओलीले प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राखे । 

उनले संघीयताको कार्यान्वयनमा ध्यान नदिँदा अहिले प्रश्न उठिरहेको बताए । त्यस्तै उनले सङ्क्रमणकालीन न्यायसंगसम्बन्धीत विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे ।

अन्तराष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उनले बताए ।

Comment


Related News

Latest News

Trending News