अपडेट 
२०८० माघ २३, मंगलवार ०८:२९

नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिप्पणी गर्न लायक नरहेको बताएका छन् ।

जनकपुरधाम स्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष ओलीले भने–‘ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनजीविकालगायतको सवालमा चुकेको आरोप लगाउँदै नलायक सरकार रहेको छ ।’ ‘वर्तमान सरकारकै कारण हरेक निकायहरू असफल भइरहेका छन्’ उनले भने–‘रेडक्रसलगायतका सामाजिक संघसंस्थाको समेत मान्यता समाप्त हुनुको कारक तत्व नै वर्तमान गठबन्धनको सरकार हो ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले विवादित रहेको नेपाल रेडक्रस सोसाइटीको मान्यतालाई आइतवार रद्द गरेको छ ।’ मुलुकमा राजतन्त्र फर्किने सम्भावना नदेखेपछि पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहाको नाममा पार्टी खोल्ने आधार तयार गर्न लागि परेको अध्यक्ष ओलीले बताए । ‘देशमा अब राजा फर्किने संभावना समाप्त भइसकेको छ’ उनले भने–‘राजनीतिमा आउन पूर्व राजा शाह देश दौडाहा गरिरहेका छन् ।’ प्रदेश सरकारको काम कारबाहीको कारण अहिले संघीयता धरापमा परेको अध्यक्ष ओलीले बताए ।

संघीयताको मर्म अनुसार प्रदेश सरकारले स्थानीय तहलाई संचालन गर्नसमेत बेवास्ता गरेको र काम नगर्दा संघीयता समस्यामा परेको उनको कथन थियो । ‘संघीयता कार्यान्वयनकै चरणमा रहेको बेला प्रश्न उठाउनु गलत हो’ उनले भने–‘ अहिलेको समय संघीयतालाई सफल बनाउन ऐन कानुन बनाउनु पर्नेहो ।’ प्रदेश सरकारले प्रहरी समायोजन, निजामती ऐन लगायतका अधिकारका लागि संघीय सरकारमाथि धम्की दिइरहेको बेला एमाले अध्यक्ष ओलीले भने–‘प्रदेश सरकारले पाए जतिको अधिकारलाई ठिक ढंगले प्रयोग गर्न सकेको छैन् । ‘सरकार सञ्चालनमा प्रदेश असफल भएको छ’ उनले भने–‘ प्रदेशका बासिन्दाले सरकार रहेको अनुभूति गर्न सकेको छैन् ।’

निजामती ऐन र प्रहरी समायोजनको कारणले संघीयता सबल गर्नमा कहाँ बाधा पुगेको छ ? ओलीले भने–‘आफ्नो मान्छे पुलिसमा भर्ना गर्न नपाउँदा यस्तो अधिकार नपाएको भनेर भ्रम सिर्जना गरिंदै छ । प्रहरी समायोजन हुनुपर्छ, तर यही कारणले संघीयताको सेवा प्रवाह गर्न पाइन्न भनेर भन्नु गलत हो उनले भने–‘हतारमा संघीय सरकारले निर्णय गर्नु गलत हुनेछ ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि सबैको सहमतिबाट चाँडै पारित गर्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दलसमेत रहेका एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । महोत्तरीमा आयोजित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए ।

वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै अध्यक्ष ओलीले देश र जनताको पक्षमा काम गर्न सरकार पूर्ण रुपमा असफल रहेको बताए । प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत गुमाइसकेको ओलीले आरोप लगाए ।

सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रहे, देशले त्यति नै धेरै दुःख पाउने उनले बताए । उनले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको उल्लेख गरे । एमालेको जिल्ला अधिवेशन देशभर नै चलिरहेको छ । अधिकांश जिल्ला कमिटी गुटबन्दीमा लागेका नेताहरुले कब्जा गर्न खोजेको आरोप पार्टी भित्रबाट नै लाग्न थालेको छ ।

Comment


Related News

Latest News

Trending News