अपडेट 
२०८० माघ २४, बुधबार ०८:२५

रौतहटको गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच दुई पक्षीय सहमति पछि तालाबन्दी खुलेको छ ।

नगरप्रमुख कन्थमनी जैसवाल र उपप्रमुख पुनम चौधरी समूहबीच सहमति भएपछि एक महिना अगाडि गरिएको तालाबन्दी सोमबार राति खुलेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार दुवै पक्षबीचको वार्तामा सहमति जुटेको थियो । एक महिना बढी समय देखिको तालाबन्दीको कारण नगरपालिकाको कामकाज प्रभावित बनेको थियो ।

सेवाग्राहीले दैनिक रूपमा हुने सेवाहरू उपलब्ध हुन सकेको थिएन । तालाबन्दी खुलाउनका जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच पटक पटक सहमतिको प्रयास भए पनि सहमति हुन सकेको थिएन । उपमेयर पक्षको माग नगरपालिकाको हिउँदे अधिवेशनमा सम्बोधन तथा कार्यपालिका बैठकमा पेस गर्ने सहमति भएको मेयर जैसवालले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय गौरमा भएको दुई पक्षीय छलफलमा एमालेका प्रदेश सांसद केशव राय चौधरी, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, जसपा नेता राजकुमार दास, नेकपा एमालेका नेता कलिमूल्लाह अन्सारी, रामजी साह लगायतको सहभागिता रहेको थियो । २०८०– ०८१को नगरसभाको निर्णय सार्वजनिक गर्नुपर्ने, आव २०७९–०८० को खर्च कार्यपालिका बैठकमा पेस गर्नुपर्ने, वडाको बजेट सिलिङ्ग बढाउनुपर्ने करारका कर्मचारी खारेज गर्नुपर्ने, आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने, उपप्रमुख र वडा अध्यक्षलाई अधिकार दिनुपर्ने लगायतका ६ बुँदे माग सहित माग उनीहरूले गरुडा नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए ।

Comment


Related News

Latest News

Trending News