अपडेट 
२०८० माघ २५, बिहीबार ०९:५७

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधामाथि प्रदेशसभाले बन्देज गरेको छ ।

मधेश प्रदेशको प्रदेशसभा सचिवालयले माघ महिनादेखि नै संसदीय दलका नेतासमेत रहेका शर्माको सेवासुविधा बन्द गरेको हो । मंसिर २८ मा महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्याप्रकरणमा मधेश प्रदेशका पूर्वराज्यमन्त्री शर्मालाई जन्मकैदको फैसला गरेको थियो । माघ १४ गते संसदीय दलका नेता शर्माको अदालतले गरेको फैसलाको प्रतिलिपि प्रदेशसभाको सचिवालयले प्राप्त गरेसंगै उनको सेवासुविधा बन्द गरेको छ भने प्रदेशसभा सदस्यको पदबाटसमेत निलम्बनका लागि उजुरी परेको जनाइएको छ ।

माघ महिनादेखि लोसपा नेपाल मधेश प्रदेशका संसदीय दलका नेता शर्माको सम्पूर्ण सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । ०७२ भदौँ २८ मा दोस्रो मधेश आन्दोलनका बेला महोत्तरीको एक गाउँमा भएकाृ सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला गरेको थियो । जन्मकैदका सजाय पाएका शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सभामुख मण्डलले औपचारि करुपमा अदालतबाट फैसलासहितको पत्र आएपछि वा ७० दिन कटेपछि शर्मालाई पदबाट निलम्बन गर्न सकिने प्रावधान रहेको बताए । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएदेखि नै शर्मा फरार छन् ।

Comment


Related News

Latest News

Trending News