अपडेट 
२०८० माघ २५, बिहीबार १६:४९

धनुषाको शहिदनगर नगरपालिका ७ स्थित नहरमा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार शहिदनगर नगरपालिका १ चिरैयाका ६० वर्षीय फुलगेन ठाकुर मृत अवस्थामा फेला परेका हुन् । नहरमा फेला परेका उनको शरीर र लुगामा माटो लागेको छ ।

लुगा लगाएकाले शरीरमा चोटपटक लागेको देखिँदैन् । उनको मृत्युको कारण खुल्न नसकेको र आफन्त सम्पर्कमा आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ‌।

स्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News