अपडेट 
२०८० माघ २६, शुक्रबार ०७:२३

मधेश प्रदेश कृषि विश्व विद्यालयमा जनमत पार्टीद्वारा लगाइएको ताला १९ दिन पछि खोलिएको छ ।

दुईदिन लगातार बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि विश्वविद्यालयमा माघ ७ गते सात बुंदे मागसहित जनमत पार्टीका नेता कार्यकर्ताद्वारा लगाइएको ताला खोलिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी तथा सुरक्षानिकायका प्रमुखहरुको उपस्थितिमा जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साहले विश्वविद्यालयको मूल गेटमा लगाइएको ताला खोलेका छन् । उनकै अगुवाइमा माघ ७ गते सात बुंदे माग अघि सार्दै तालाबन्दी गरिएको थियो ।

विश्वविद्यालयमा दलीय आतंक बन्द गर्नुपर्ने, अवैधानिक कार्य रोक्नु पर्ने, विश्वविद्यालयमा भएको अनियमितताको छानविन गर्नुपर्ने, परीक्षाबोर्ड गठन विनै लिएको परीक्षाको छानविन हुनुपर्ने, नियुक्तिमा राजनीतिकरण रोक्नुपर्नेलगायतका माग राखेर जनमत पार्टीले तालाबन्दी गरेको थियो । तालाबन्दीले विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प हुनुका साथै दैनिक कामकाजसमेत प्रभावित हुन पुगेको भन्दै दुईदिन अघि रजिष्ट्रार डा.भगवान ठाकुरले गरेको अनुरोधपछि सम्वाद र छलफल मार्फत समस्याको समाधान भएको हो ।

Comment


Related News

Latest News

Trending News