२०८० माघ २६, शुक्रबार १८:५३

महोत्तरीमा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

सामूहिक बलात्कार आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

ती लुटेरा समूहले सम्सी गाउँपालिका–१ स्थित मामाघर बस्दै आएकी बालिकालाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार गत माघ २२ गते राति साढे १ बजे आमालाई घरमा थुनेर लुटेराले बालिकालाई घरबाट डेढ किलोमिटर टाढा बाँस घारीमा लगेर बलात्कार गरेका थिए।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार राज्यको सीतामढी ग्राम पञ्चायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अन्सारी रहेका छन्।

पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

घटनाका आरोपी एक जना फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News