अपडेट 
२०८० माघ २८, आईतवार ०८:५१

मधेस प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादवले मैथिली भाषा साहित्यलाई अनिवार्य रुपमा सिलेवशमा शामिल गराउनका लागि पहल हुनु आवश्यक रहेको बताएका छन् ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको नृत्य प्रतियोगिताको आसनबाट बोल्दै प्रदेशसभा सदस्य यादवले मैथिली भाषा, साहित्य, नृत्य, संगित लगायतका विषयलाई अनिवार्य रुपमा सिलेवशमा शामिल गराउने गरी आवाज उठाउनु पर्नेमा जोड दिए । उनले गीत संगित, साहित्य तथा भाषा सभ्यताको अभिन्न अंग रहेकाले आफ्नो भााषा संस्कृति संरक्षणका लागि सबै वर्ग एकत्रित हुनुपर्नेमा जोड दिए । भाषा कमजोर भयो सभ्यताको विनाश निश्चित रहेकाले आफ्नो सभ्यताको संरक्षणका लागि पनि भाषा, साहित्यको संरक्षण हुनु आवश्यक रहेको उनको भनाई थियो ।

प्याब्सनका नगर अध्यक्ष रविन्द्र कुमार चौधरीको अध्यक्षतामा प्याब्सन जनकपुरधामले आयोजना गरेको नृत्य प्रतियोगिता कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्याब्सनका पूर्व प्रदेश सचिव विश्वलाल सिंह, एनप्याब्सनका नगर अध्यक्ष दीपक ठाकुर लगायतले मन्तव्य राखेका थिए ।

नृत्य प्रतियोगितामा हिमाली बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका थिए भने साउथ प्वाइन्ट स्कुलले दोस्रो र जनक सेकेन्ड्री बोर्डिंङ्ग स्कुलले तेस्रो स्थान हाशिल गरेको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी एवं साहित्यकार श्यामसुन्दर शशि र कलाकार रामनारायण ठाकुर रहेका थिए ।

Comment


Related News

Latest News

Trending News