अपडेट 
२०८० माघ २८, आईतवार ०९:००

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता संकटमा रहेको बताएका छन् ।

मुलुकमा संघीयता आए पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताउँदै उनले संघीयता समाप्त गर्न केही तत्वहरु लागिरहेको आरोप लगाए । जनता समाजवादी पार्टीद्वारा शनिबार सप्तरीको बोदेबर्साइनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको गुनासो गरे । संघीय सरकारले प्रदेश सरकारलाई अन्धकारमा राख्न खोजेको उनको आरोप छ । प्रदेशका मुख्यमन्त्रीहरु सँगको बैठकमा प्रधानमन्त्रीले छलफल नै नगरी केही विषय निर्णयका लागि राख्दा आफूहरुले अस्वीकार गरेको उनले बताए । संघीयताको पूर्ण कार्यान्वयन र प्रदेश सरकारलाई अधिकार दिने विषय पटक–पटक संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि ध्यान नदिएको मुख्यमन्त्री यादवको आरोप थियो । २/३ वर्षमै सप्तरीमा मधेश कृषि विश्वविद्यालयको निर्माण सम्पन्न हुने दाबी गर्दै उनले जनमत पार्टीलाई विकास विरोधीको संज्ञा दिए । विकासको कार्यमा अवरोध गरेर जनमत पार्टी विकास विरोधीको रूपमा उदांगिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News