अपडेट 
२०८० माघ २९, सोमबार ०७:२८

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो दुई श्रीमती रहेको बताएको २४ घण्टा नबित्दै उनका कान्छी श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् ।

मेयर सिंहले एक युवती रुवीना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको आरोपमा विभिन्न सातवटा निकायमा उजुरी दर्ता गरिएको छ ।

गृहमन्त्रालयको टोलीले शनिवार मेयर सिंहसंग सोधपुछ गर्दा उनले दुईवटा श्रीमती रहेको बताएका थिए । छोरी रुवीनालाई नागरिकता दिलाउनकालागि विभिन्न निकायमा रहेको प्रमाणहरु समेत मेयर सिंहले नष्ट गराएको र गुपचुप रुपमा विदेश पठाएको मेयर सिंहमाथि आरोप छ ।

मेयर सिंहले शनिबार दुईवटा विहे गरेको स्वीकारोक्तिको २४ घण्टा नवित्दै कान्छी श्रीमती रिता भट्टराईले अंश र सम्बन्ध विच्छेदको मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता गरेकी छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईले जिल्ला अदालत पर्सामा अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी छन् । भट्टराईले दर्ता गरेको फिरादपत्रमा राजेशमान सिंह आफ्नो श्रीमान् भएको दाबी गर्दै अशंसहित सम्बन्ध विच्छेदको मागं गरिएको छ । मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको कुरा सार्वजनिक रुपमा बाहिर नआएको उनको जिकिर छ । आफ्नो शरीरबाट जन्मेकी छोरी रुवीनाको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोकै आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिराद पत्रमा भनिएको छ ।

मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वत विवाह भएको मानिने उल्लेख छ । अतः स्थापित कानुनअनुसार प्रतिवादी राजेशमान सिंह मेरो पति भएको पुष्टि हुन्छ,’ भट्टराईको फिराद पत्रमा दावी गरेकी छन् । आफूसँग नाता कायम नै नभएकी युवतीलाई बुबा बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग शनिबार आफूले बहुविवाह गरेको बयान दिएका थिए ।

रुवीना श्रेष्ठको नागरिकता किर्तेमा फस्ने डरले गलत बयान दिएको भोलिपल्टै जिल्ला अदालत पर्सामा रिताले स्वतः पति नाता कायम रहेको दाबी गर्दै अंश र सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी सरकारी छानबिन टोलीको बुझाइ छ । मेयर सिंहले बहुविवाह स्वीकार गर्नु, त्यसको भोलिपल्टै पति दाबी गर्दै भट्टराईले अंश र डिभोर्स मुद्दा दायर गर्नुले मेयरको किर्ते धन्दा थप छताछुल्ल भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘उनले एक गल्ती छोप्न अर्को गल्ती गरिरहेका छन्,’ गृहको छानबिन समितिका एक सदस्यले भने, ‘तर, यसले उनी थप उदाङ्गो हुँदै गएका छन् । नैतिक धरातल गुमाइरहेका छन् ।’

वीरगञ्जका नागरिक अगुवाहरूले भने नागरिकता किर्ते प्रकरणमा विवादमा आएका वीरगञ्जका मेयर सिंहले कारबाहीबाट जोगिन नयाँ नयाँ उपाय अवलम्बन गरिरहेको बताउँछन् । मेयर सिंहले एकपछि अर्को किर्ते गरिरहँदा सरकारी अनुसन्धान भने कमजोर भएको भन्दै उनीहरूले कानुनी छिद्रमा टेकेर भइरहेको गैरकानुनी कार्य रोक्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News