अपडेट 
२०८० माघ २९, सोमबार १७:००

जनकपुरधामका ई-रिक्सा चालकहरु आन्दोलनमा उत्रेका छन् ।

विभिन्न ६ बुंदे माग राख्दै जनकपुरधामका इ-रिक्सा चालकहरुले सोमबार दिउँसो नगरपालिका अगाडि सडक जाम गरेर मेयर मनोज कुमार साहविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले ई-रिक्सा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अन्तर्गत दर्ता हुनु पर्ने, ई-रिक्सा चालकहरुलाई अनुमति पत्र उपलब्ध गराउनु पर्ने, जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत रहेको चोकहरुमा ई-रिक्सा स्टेण्डको व्यवस्था हुनुपर्ने, ई रिक्सा चालकहरुलाई सेफ्टी पोशाक उपलब्ध गराउनु पर्ने, ई-रिक्सा चालकहरुलाई स्वास्थ्य जाँच तथा जीवन बिमा उपलब्ध गराउनुपर्ने, संस्थासंग छलफल र समन्वय गरी जनकपुरधाम उपमहानगरपालिकाले दर रेट निर्धारण गर्नुपर्ने लगायत माग राखेको नेपाल ई-रिक्सा मजदुर संगठन धनुषाका केन्द्रिय अध्यक्ष वीरेन्द्र कुमार महतोले जानकारी दिए ।

यी मागहरु ७ दिन भित्र पूरा नभए चरण बद्ध रुपमा आन्दोलन गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन् ।

घण्टौ सडक जाम गरेर विरोध गरे पश्चात जनकपुरधाम उपमहानगरपालीकाका उपमेयर किशोरी साहले ८ जना छलफलको लागि समय मिलाएर आउनु भने पछि सडक जाम खोलिएको छ ।

Comment


Related News

Latest News

Trending News