अपडेट 
२०८० फाल्गुन १, मंगलवार ११:५६

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ ।आज चाँदी ताेलाकाे १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार पनि साेहि मूल्यमा काराेबार भएकाे थियाे ।

Comment


Related News

Latest News

Trending News