अपडेट 
२०८० फाल्गुन ३, बिहीबार ०७:५३

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रभावकारी सेवा प्रवाहका लागि प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

प्रादेशिक अस्पताल कलैयामा डाईलेसिस र एसएनसियु सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालमाप्रभावकारी सेवा प्रदान गरी आम जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन मधेश प्रदेश सरकारले सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले भने–‘जन्मेको बच्चाहरुलाई तत्कालै सिसामा राख्नुपर्ने, किडनीको रोगीलाई रक्त सञ्चार गराउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै गरिबीको रेखामा रहेको व्यक्तिहरुलाई पनि सहज पहुँचका लागि प्रदेश सरकारले ती सामग्रीहरु प्रदान गरिएको छ ।’ अगामी दिनमा प्रादेशिक अस्पताल कलैयालाई प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्ने सोच रहेको बताउदै उनले सोही अनुसारले काम अगाडि बढाइएको जानकारी दिए ।

कर्मचारीहरुलाई नागरिकको स्वास्थ्य सेवा चुस्तदुरुस्त रुपमा दिनमा कुनै प्रकारको कञ्जुस्याइ नगर्न निर्देशन समेत दिएका थिए । सिटिस्कायन, ५ बेडको पोष्ट टप वार्ड पनि चाडै उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री यादवले कर्मचारी र भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने जानकारी दिए । मधेश प्रदेशमा सिरहा अस्पताललाई मात्र १ सय ५० बेड र बाकी ७ जिल्लालाई १ सय बेडको अस्पतालको रुपमा स्तरोउन्नति गरेको उनले जानकारी दिए । कलैया प्रादेशिक अस्पतालमा इकुपमेन्टहरु पर्याप्त रहे पनि जनशतिmको अभावमा प्रभावकारी सेवा दिन नसकेको अस्पताल प्रशासनले गुनासो गरेका थिए ।

ईन्डोस्कोपी, अपरेशन थिएटर, भेन्टीलेटर, थाईराईड, एसएनसियु मेसिनफुल सेटअपको ईमेरजेन्सी, रक्त संचार केन्द्र लगायतका सुविधाहरु प्रादेशिक असपतालमा रहे पनि सो विधाका विज्ञ नरहेको हुँदा कतिपय मेसिनबाट दिनुपर्ने सेवाहरु कलैया अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले नै दिनुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले जानकारी दिए ।

२५ बेड हुँदै सय बेडको अस्पताल संचालन संगै यहाँ ठूलो क्षमताको भिडियो एक्सरे, एक्सरेको आवश्यकता, ल्यावमा भरपर्दो समानहरु उपलब्ध गराउनुको साथसाथै थप जनशतिmको पनि व्यवस्थान नहुँदा समस्या सृजना हुने गरेको कलैया प्रदेशिक अस्पतालका प्रमुख साहले बताए । डाईलेसिसको उद्घाटनसंगै जिल्ला बासीहरुलाई ठूलो राहत हुने भएको छ पूर्व संघीय सांसद रामबाबु कुमार यादवले बताए । डाईलेसिसका लागि वीरगञ्ज, चितवन, काठमाण्डु जानुपर्ने बाध्यताको अन्त्य भएको प्रादेशिक अस्पताल कलैयाका अध्यक्ष प्रकाश चौगाईले भने ।

कलैया अस्पतालमा ईन्डोस्कोपी सेवाको समेत शुरुवाती भइसकेको छ । जिल्लामा ग्यासका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको हुँदा यस मेसिनले पेटको अन्द्रामा रहेको घाउ, अलसर, सुजन देखेर रोग सहिलै संग पता लगाउनमा सहज हुने भएको हुँदा जिल्ला बासीहरुलाई सेवाका लागि जिल्ला बाहिर जान नपर्ने अस्पतालका प्रमुख गुप्ताले बताए ।

कलैया अस्पतालमा सर्जन २ जना अर्थोपेटिक्स, फिजिसियन, पेरिएडिक, प्रसूति, रेडियोलोजिष्ट, एमडी जिपी, एनेथिसिया १ , १ सहित कन्सलटेन्ट रहेको छ भने मेडिकल अफिसर ८जना रहेको अस्पताल प्रमुख गुप्ताले जानकारी गराएका थिए । एक जना कन्सलटेन्ट भने मनो चिकित्सक नरहेको र चाडै नै त्यो पनि पदपूर्ति गर्ने उनले बताए । अस्पतालमा हाडजोर्नी, टुटेफुटे, हर्निया, एपेन्डिक्स, सिएस अप्रेशन हुने गरेको छ । दैनिक १५ जना किडनीका बिरामीहरुलाई डाईलाईसिस सेवादिन सकिने अस्पताल प्रमुख गुप्ताले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News