अपडेट 
२०८० फाल्गुन ४, शुक्रबार ०८:४०

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो असन्तुष्टि सार्वजनिक गरेपछि आन्तरिक गतिविधिलाई तीव्रता दिएसंगै विभिन्न गतिविधिहरुसमेत गर्ने तयारी थालेका छन् । लोसपा नेपालका अध्यक्ष महन्त ठाकुरसंग आफ्नो असन्तुष्टि पोखेपछि उनले एकल ढंगले अघि बढ्दै पूर्वमन्त्रीसमेत रहेका नेता महतोले आफ्नो समूहले आफ्ना विभिन्न संघर्षका गतिविधि सहितका कार्यक्रम सार्वजनिक गरेका छन् ।

अध्यक्ष ठाकुरलाई नेता महतोले काउन्टर दिँदै आन्दोलनको कार्यतालिकासमेत सार्वजनिक गरेका छन् । नेता महतो समूह निकटका एक नेताले दिएको जानकारी अनुसार विभिन्न १९ वटा कार्यक्रम तय गरेको छ । उनीहरुले फागुन १६ गते काठमाण्डुका निषेधित क्षेत्र तोड्ने र प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको एक नेताले जानकारी दिए । त्यसको तयारीका लागि फागुन १२ गते महतो समूहको बैठक बोलाइएको छ ।

फागुन ४ गते उपत्यका विशेष ब्युरोको भेला तथा प्रशिक्षण कार्यक्रम छ भने फागुन ५ गते खुलामञ्च अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम छ । सो प्रदर्शनको जिम्मेवारी नेवाः र तामांग राष्ट्रिय बाहिनीले गर्नेछ भने त्यसको नेतृत्व योंग इन्डिजिनिष्ट लिग (वाइआइएल) ले गर्ने छ । त्यस्तै फागुन ७, ८ र ९ गते योंग इन्डिजिनिष्ट लिगले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

फागुन १० र ११ गते उपत्यका विशेष ब्युराको प्रशिक्षण कार्यक्रम राखिएको छ भने फागुन १३, १४ र १५ गते मधेशका अगुवालाई काठमाण्डुमा विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । योंग इन्डिजिनिष्ट लिगको नेतृत्वमा फागुन १४ गते उपत्यका विकास प्राधिकरणलाई घेर्ने र प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ भने फागुन १९ गते योंग इन्डिजिनिष्ट लिगको नेतृत्वमा लप्सी फेदीमा प्रदर्शन र ग्राम गणतन्त्रको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

स्ट्रगल एगेनेस्ट मर्जिनाइलेजेशन अफ नेशनालिटी इन नेपाल (समान) ले फागुन २० गते १२ वटा राष्ट्रिय परिषद्को घोषणा गर्नुका साथै लिग अफ् फस्ट नेशन गठन गर्ने कार्यक्रम रहेको छ । उपत्यका विशेष ब्युरोद्वारा फागुन २१ गते १९ वटा आर्कको घोषणा गर्नुको साथै फागुन २२ गते मधेश ब्युरोद्वारा राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरधाममा विशेष भेलाको आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

फागुन २७ गते सबैले प्रदर्शनको तयारीका लागि बैठक बस्ने कार्यक्रम रहेको छ । चैत १ गते स्ट्रगल एगेनेस्ट मर्जिनाइलेजेशन अफ नेशनालिटी इन नेपाल (समान) द्वारा विशेष अभियानको घोषणा गर्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News