अपडेट 
२०८० फाल्गुन ४, शुक्रबार ०८:४७

प्रणय दिवसका दिन कक्षा–९ मा पढ्ने छात्रालाई लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने सुखीपुर नगरपालिका–२ का मनिकलाल यादवका छोरा वर्ष १८ का नितेशकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार लहान–१ स्थित शहीद चोकदेखि दक्षिण रहेको तरकारी बजारस्थित तीन तले घरको दोस्रो तलामा भाडा लिई बसिरहेको अरुणकुमार यादवको डेरामा प्रणय दिवसको मौका छोपी दिउँसो २ बजे परिवर्तित नाम (निरु) लाई ललाइ–फकाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानमा रहेका नितेश यादवसँग प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको लहानका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले बताए ।

Comment


Related News