अपडेट 
२०८० फाल्गुन ४, शुक्रबार ११:२३

मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गत्ते विश्वासको मत लिने भएका छन् ।

संघीय गठबन्धनको बैठक सम्पन्न भएसंगै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ६ गत्ते विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ ।

आइतबार १ बजे प्रदेश सभाको बैठक बस्दै छ ।

१ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।

मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली काँग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सीट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादी पार्टीको ९ सिट रहेको छ ।

मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली काँग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।

Comment


Related News

Latest News

Trending News