अपडेट 
२०८० फाल्गुन ६, आईतवार ०७:१८

मुख्यमन्त्री सरोजकुमार यादवले आइतवार विश्वासको मत लिने भएका छन् ।

गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् भने एमालेले आइतबार निर्णय गर्ने जनाइएको छ । सरकारमा आवद्ध जनमत पार्टी सरकारबाट बाहिरिए पछि मुख्यमन्त्री यादव तेस्रो पटककालागि आइतवार विश्वासको मत लिने छन् । प्रदेश सभाले सदस्यहरुलाई आइतवार दिउँसो २ बजेकालागि मतदानकालागि सभाको आह्वान गरेको छ ।

यता लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टीको सम्पुर्ण मत मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वसाको मत दिने जनाएको छ । उनले लोसपा नेपालका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने मधेश प्रदेशका पुर्वमन्त्री सोनलले बताए । उनले सत्तागठबन्धनका सबै दलका प्रदेशसभा सदस्यहरुले पनि मुख्यमन्त्री यादवलाई नै विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको बताए ।

Comment


Related News

Latest News

Trending News