अपडेट 
२०८० फाल्गुन ६, आईतवार ०७:४२

सुडी समाजको विकासका लागि हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । सुडी समाज महासंको प्रथम महाधिवेशनको उदघाटन सत्रमा वक्ताहरुले सुडी समाज जागरुग हुँदै गईरहेपनि एकत्रित हुन नसकेका कारण सोचे अनुरुप विकास गर्न नसकेको वक्ताहरुको भनाई थियो । सुडी समाजको विकासका लागि राजनीतिक, सामाजिक तथा शैक्षिक हरेक क्षेत्रमा प्रतिनिधित्व हुनु आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले समाजका व्यक्तिहरू राजनीतिमा स्थापित हुनुपर्नेमा जोड दिइन् । उनले राजनीतिमा स्थापित भए मात्रै प्रत्येक क्षेत्रमा स्थापित हुन सक्ने बताइन् । उनले जातीय उत्थान तथा पहिचानका लागि एक्लै आवाज उठाएर केही नहुने बताइन् । राज्य प्रणालीमा पहुँच नभएसम्म पहिचान स्थापित गर्न नसकिने मन्त्री साहले बताइन् ।

मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य परमेश्वर साहले सुङि समाज एकजुट हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पहिचान र सम्मानका लागि पनि एकजुट हुनु आवश्यक रहेको बताए । यसका लागि सामाजिक संगठनलाई मजबुत पार्न तर्फ सबै केन्द्रित हुनु आवश्यक रहेको उनको भनाई थियो ।
सुडी समाज महासंघको अध्यक्ष परमेश्वर महासेठको अध्यक्षता एवं सुडी समाजको बरिष्ठ व्यक्तित्व मरनीदेवी साहको प्रमुख आतिथ्यतामा भएको महासंघको प्रथम महाधिवेशनको उदघाटन सत्रमा प्रदेशसभा सदस्यहरु रमिता प्रधान, अनिता साह, कञ्चन विच्छा लगायत, सुडी समाजका विभिन्न ओहदाका व्यक्तित्वहरु, विभिन्न जातीय संगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News