अपडेट 
२०८० फाल्गुन ६, आईतवार ११:०७

मिर्चैया नगरपालिकाका मेयर सर्वण कुमार यादवले प्रधानमन्त्री एवम नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ध्यानाकर्षण गराएका छन् ।

शनिबार काठमाण्डौंमा विभिन्न पालिकाका प्रमुखहरुसंग भेटघाट तथा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पालिकाहरुमा हुँदै आएको विकासका कार्य र समस्याहरुबारे छलफल गर्नुभएको थियो ।

सो क्रममा मिर्चैया नगरपालिकाका मेयर यादवले मिर्चैया नगरपालिकाको राजनीति गतिविधी र दीगो विकास सम्बन्धी योजनाहरुको बारेमा प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए । मेयर यादवले विभिन्न केही दिन अघि पालिकामा भएको तोडफोड सम्बन्धीमा जानकारी गराएका थिए । उनले मिर्चैया नगरपालिकालाई पूर्ण रुपमा विकास गर्न आफूले विभिन्न योजनाहरु तयार गरेपनि राजजितिक हस्थक्षेपका कारण कार्यान्वयण गर्न असहज भएको बताए ।

प्रधानमन्त्री प्रचण्डलाई मिर्चैया नगरपालिकामा भइरहेको राजनितिक हस्तक्षेपलाई अनत्य गर्न गम्भीर भइ ठोस कदम चाल्न आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News