अपडेट 
२०८० फाल्गुन ८, मंगलवार १०:१२

वीरगन्जलाई अशान्त पर्ने तत्वहरुलाई कारावहि गर्न जसपाका सचेतक प्रदिप यादवले मांग गरेका छन । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समते रहेका प्रदीप यादवले वीरगन्

जमा धार्मिक र सामाजिक सद्भाव बिगार्न खोजने तत्व,व्यक्तिवा समुहको पहिचान गरी कारबाही गर्न सरकारसंग माग गरेका छन् ।
वीरगन्जमा सोमबार दुई फरक धार्मिक समुदाय बिच बढेको तनावले उत्पन्न भएको अशान्ति प्रति आफु लगायत पार्टी गम्भिर ध्यानाकर्षण भएको बताउदै यसमा संलग्न व्यक्तिहरुलाई अबिलम्ब कारवाहि गर्न सरकारसंग माग गरेका हुन ।

उक्त घटनाकै सन्दर्भमा सोमबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै सांसद यादवले सोमबार वीरगन्जमा भएको अप्रिय घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराउँदै उक्त घटनामा संलग्नहरुको पहिचान गरी कारबाही गर्न सरकारसंग अनुरोध गरेका बताएका छन ।

साथै नेतायादवले वीरगन्जमा धार्मिक र सामाजिक सदभाव कायम राख्न वीरगन्जबासीसंग अपिल पनि गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादवले पछिल्लो समय वीरगन्ज बाहिरबाट आएका केहि असमाजिक तत्वहरुले वीरगन्जमा सदियौंदेखि कायम रहेको भाईचारा र धार्मिक सद्भाव तथा आपसी एकतालाई खलबल्याउने दुस्प्रयास गरिरहेकाले त्यस्ता तत्वहरुको षड्यन्त्र विफल पार्न सम्पूर्ण वीरगन्जबासी एक ढिक्का भएर अगाडि आउनु पर्नेमा जोड दिएका छन् ।

आफ्नो समाजिक सन्जालका वालमा सांसद यादवले लेखेका छन–ऐतिहासिक नगरी वीरगन्ज परिवर्तनको भूमि हो । देशमा भएका सम्पूर्ण परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्ने वीरगन्जको निभ र शक्ति यहाँको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचारा हो । यहाँको विकास निर्माणमा सबै समुदाय र धर्मका व्यक्तिहरूको समान लगानी, मिहिनेत र परिश्रम छ । यद्यपि पछिल्लो समय वीरगन्ज बाहिरबाट आएका केही असामाजिक तत्त्वहरूले वीरगन्जको यस निभ र शक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् ।

सयौँ वर्षदेखिको धार्मिक सहिष्णुतालाई बिगार्ने प्रयास गरिरहेका छन् । द्वन्द्व फैलाएर हामीहरू बिचको सद्भावलाई खलबल्याउने प्रयास गरिरहेका छन् । यस्ता तत्त्वहरूलाई रोक्दै पराजित गर्न आवश्यक छ । जसको लागि हामी एक ढिक्का भएर अगाडि आउन बढ्नु पर्छ । सम्पूर्ण वीरगन्जबासीसँग आग्रह गर्न चाहन्छु । हामी सबै एक हौँ, हामी हिजो पनि मिलेर बसेका थियौँ,आजपनि मिलेकै छौँ र भविष्यमा पनिसँगै नै बस्ने छौँ ।

Comment


Related News

Latest News

Trending News