अपडेट 
२०८० फाल्गुन ८, मंगलवार १०:४९

अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो । सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइको छ । तीन महिनाको म्याद सकेपछि नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालबाहेक अन्य देशबाट भारत पुगेको खण्डमा भने नेपाली नागरिकले भने पासपोर्ट र मान्य भिसा स्ट्याम्प अनिवार्य देखाउनुपर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएको बेला यो विषयमा उनले त्यहाँ यो प्रस्ताव राखेका थिए । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि भारत भ्रमणमा गएको बेला पनि यो कुरा उठाएकी थिइन् ।

हालै प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोली भारत भ्रमणमा गएको बेला यो विषयमा कुराकानी भएको थियो ।भारतमा रहेको नेपाली राजदूतावासले पनि यसका लागि नियमित प्रयास गरिरहेको थियो ।

Comment


Related News

Latest News

Trending News