अपडेट 
२०८० फाल्गुन ८, मंगलवार १३:१५

प्रधानमन्त्री पुष्पकमल दाहालले आरती साहको परिवारलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन्।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरतीका परिवारसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उनका परिवारले न्यायका लागि गरिरहेको संघर्षबारे आफू जानकार रहेको बताए।

प्रधानमन्त्रीलाई भेट्न साहका परिवारलाई लिएर आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रधानमन्त्री निवास पुगेका थिए। ‘करिब १० मिनेट कुराकानी भयो, प्रधानमन्त्रीलाई हामीले गरिरहेको आन्दोलनका बारेमा थाहा रहेछ,’ आरतीका दाइ प्रेम साहले भने, ‘उहाँले तपाईंहरूको केशका बारेमा मलाई थाहा छ, धेरै नै संघर्ष गर्नुभएको छ। न्याउका लागि मैले पहल गर्छु भन्नुभएको छ।’

आरती साहको हत्या भएको र हत्यामा उनका सासु, ससुरा, श्रीमान् र देवरको संलग्नता रहेको भन्दै चारै जनालाई पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने उनका परिवारको माग छ।

प्रहरीले भने उनका श्रीमानलाई मात्रै पक्राउ गरेको छ। साहको परिवार ९ महिनादेखि काठमाडौंमा आन्दोलनरत छ। आरती साह जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

Comment


Related News

Latest News

Trending News