अपडेट 
२०८० फाल्गुन ८, मंगलवार १५:१०

‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण फागुन १० गते विहिवारबाट शुरू हुदैछ । नव मिथिला फाउण्डेशनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको त्रिदिवसीय जनकपुर साहित्य महोत्सव यस वर्ष राम मन्दिरको प्राङ्गण (पार्क) मा आयोजन गरिदै छ ।

१२ फागुनसम्म चल्ने महोत्सवमा विभिन्न सत्रहरुमा साहित्य, राजनिति, आर्थिक, समाजिक, शिक्षा, खेलकुद, सम्पदा, संस्कार सहितका विषयमा सान्र्दिभक शिर्षकहरुमा बहस हुनेछ भने सांस्कृतीक कार्यक्रम, विभिन्न समाग्री सहितको विक्रि स्टलहरु सहितको गतिविधीहरु समेत हुने भएको छ । अमित झा साहित्य एवार्ड, कवि गोष्ठी, चलु जनकपुरधाम, मधेशको श्रम यात्रा सहितका सत्र देखि ढोलपिपही सम्मको प्रस्तुती रहने महोत्सवमा संघियता बारे समेत विर्मश हुने फाउन्डेशनका अध्यक्ष अमित साहले बताए ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका उपाध्यक्ष आदित्य नेपालले जनकपुरलाई साहित्यको शहरका रुपमा समेत प्रस्तुत गर्न पाँचौ संस्करण सम्म आइपुगेको यो महोत्सव यस अघि जानकी मन्दिरमा हुने गरेकोमा यस वर्ष राम मन्दिरमा हुने बताए । जनकपुर बाहिरका करिव ४५ जना विशिष्ठ वक्ता तथा विज्ञ र कलाकारहरुको आगमण हुन गइरहेको महोत्सव हरेक वर्षको फागनुमा आयोजना हुन्छ ।

Comment


Related News

Latest News

Trending News