अपडेट 
२०८० फाल्गुन ९, बुधबार १८:२७

एसईई परिक्षाको तयारीलाई लक्षित गरी जनकपुरधामको न्यू भीजन स्कुलले एक महिने क्लोज कैम्प कक्षा संचालनमा ल्याएको छ ।

आफ्नो विद्यालयबाट एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरेर एक महिने क्लोज कैम्प कक्षा संचालनमा ल्याएको जानकारी विद्यालयका प्रिन्सिपल विश्वलाल सिंहले जानकारी दिए ।

एक महिने क्लोज कैम्पमा हरेक विषयको तयारी गराईनुका साथै टेस्ट परिक्षा समेत लिइने उनले बताए ।

क्लोज कैम्प कक्षामा सहभागी हुने विद्यार्थीहरुलाई स्त्यनारायण आलोकले एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कतै पनि विचलित नभई लक्ष्यमा केन्द्रित हुन आग्रह गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले नेपालका विद्यार्थीहरुलाई उपयुक्त हुने किसिमको पाठ्यक्रम निर्माणका लागि आवाज उठाउनु पर्नेमा जोड दिए । यद्यपि आफ्नो मर्यादाको पालन गर्दै लक्ष्य भेदनका लागि तयार रह्न विद्यार्थीहरुलाई आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News