अपडेट 
२०८० फाल्गुन १०, बिहीबार ०६:२७

सन्त रामपाल महाराजको ३७ औं बोध दिवस र कबीर साहेवको ५०६ औं निर्वाण दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

दिवसको उपलक्ष्यमा धनुषाको मिथिला न.पा. – २ बेलाचापीमा स्थित सतलोक आश्रममा फाल्गुन ५ देखि ८ गते सम्मको चार दिवसीय खुल्ला पाठ एवम् विशाल भण्डारा कार्यक्रम सम्पन्न भएको हो । फाल्गुन ५ गते पाठ प्रकाश गरी प्रारम्भ भएको अमर ग्रन्थको खुल्ला पाठ कार्यक्रम फाल्गुन ८ गते परमात्माको भोग आरती गरी सम्पन्न भएको हो ।

कार्यक्रमको समयमा अनुयायीहरुद्वारा ७२ युनिट रक्तदान तथा १० नव जोडीहरुको बिना कुनै आडम्बर,बिना कुनै तामझाम सरल रुपमा दाइजोरहित विवाह(रमैणी) गराईएको छ भने रक्दान शिविर लगाई ७२ युनिट रक्तदान पनि अनुयायीहरुले नेपाल रेडक्रसलाई सोसाइटीलाई गरेका छन् । पटक पटक बहु संख्यामा भैरहेको दाईजोमुक्त विवाहले अब समाज केहि वर्ष भित्रै पूर्ण रुपमा दाईजोमुक्त हुने आयोजकको भनाई छ ।

सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा दिनहुँ यस्ता विवाह विभिन्न ठाउँमा हुने गरेकोले अब समाजका चेलीबेटी तथा अभिभावकहरुले पनि सुखको सास फेर्न पाएको साथै समाजमा छोरा सरह नै छोरीहरूको सम्मान र महत्त्व कायम हुँदै गएको आयोजकले बताएका छन् । सन्त गरीबदासजीको अमर ग्रन्थको वाणी भनेको पूर्ण परमात्माको वाणी भएकाले यसको पाठ तथा उच्चारणले शरीर र आत्माबाट विकार समाप्त हुनुका साथै वरिपरिको वातावरण पनि विकारमुक्त हुने र वेद विधि अनुसार शुद्ध घ्युको ज्योति हवन यज्ञले प्रदुषित वायु पनि शुद्ध हुने आयोजकको दाबी छ ।

यस कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , पुर्व उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादव लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। लाखौं मानिसहरुको उपस्थिति रहेको यो विशाल कार्यक्रममा प्रहरी प्रशासन बिना नै सबै व्यवस्थापन चुस्त दुरुस्त रहेको देखेर अतिथिगणहरुले आश्चर्य व्यक्त गरेका छन् साथै कुनै विशेष आध्यात्मिक शक्तिको यहाँ प्रभाव रहेकोले आफुहरुलाई फरक किसिमको मानसिक शान्तिको अनुभुति भएको पनि उनीहरुले बताए ।

समाजलाई दुर्व्यसन,दाइजो प्रथा, भ्रष्टाचार,हिंसा जस्ता विकृतिहरुबाट जोगाउने यस्ता समाज सुधार तथा परोपकारको कार्यक्रम लाई अझ फैलाउन र यसमा आफ्नो स्तर बाट हुने यथा संभव सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरुले जनाए ।

सन्त रामपालजी महाराजले आफ्ना पुज्य गुरु स्वामी रामदेवानन्दजी महाराजबाट सन् १९८८ फरवरी १७ मा मन्त्रदिक्षा प्राप्त गरेको दिनको स्मृतिमा उनको बोध दिवस र सन् १५१८ मा कबीर परमात्माले भारतको उत्तर प्रदेशको मगहर भन्ने स्थानमा काशीका राजा विरदेव सिंह बघेल, मगहरका राजा बिजली खान पठान, उनका हजारौं सैनिकहरु एवम् त्यहाँका धार्मिक गुरु र लाखौं आम नगरिकहरुको सामुन्ने बाट सशरीर निजधाम सतलोक प्रस्थान गर्नुभएको दिनको स्मृतिमा कबीर परमेश्वरको निर्वाण दिवस मनाईन्छ ।

काशीमा जस्तोसुकै पापी मरेपनि स्वर्ग जाने र मगहरमा जस्तोसुकै पुण्यकर्मी प्राणी मरेपनि नर्क जाने भनेर हिन्दु पण्डितहरु द्वारा फैलाइएको भ्रम निवारण गर्न र वेदमा वर्णित पूर्ण परमात्माको सशरीर निजधाम फर्किने वाक्यलाई प्रमाणित गर्न आज भन्दा ५०६ वर्ष पूर्व कबीर साहेबजीले यो लीला गरेको अनुयायीहरुको भनाई छ । फाल्गुन ५ गते पाठ प्रकाश आरती गरी प्रारम्भ भएको यस कार्यक्रममा नेपाल, भारत,भुटान लगायत अन्य विभिन्न देशहरुबाट गरी चार दिनमा झन्डै ५ लाख भन्दा बढी श्रद्धालुहरुको सहभागीता रहेको थियो।

यस अवसरमा नेपाल लगायत विश्वभर ११ वटा ठूलाठूला आश्रमहरुमा यो भव्य कार्यक्रम भएको आयोजकले जनाएको छ । दुवै पर्व सँग संबंधित मुख्य घट्नाहरुलाई दर्शाउनका लागि यस भण्डारामा विशाल आध्यात्मिक प्रदर्शनी पनि लगाइएको थियो जसमा काशी तथा मगहरमा भएका ऐतिहासिक घट्नाहरु लाई हुबहु चित्रहरुका माध्यमले देखाइएका थिए तथा सन्त रामपालजी महाराजको ज्ञान सँग संबंधित प्रमाण र प्रचार प्रसारको जानकारी पनि दिईएको थियो।

आगन्तुक हरुलाई ती चित्रहरुको बारेमा बताउन सेवादारहरु पनि खटाइएका थिए । एकैसाथ चार हजार भन्दा बढी श्रद्धालुहरु बसेर भण्डारा खान सक्ने व्यवस्था मिलाइएको थियो भने शुद्ध घ्यूमा बनेका कैयौं टन लड्डु, हलुवा प्रसाद का साथै पुरी,शब्जी,रोटी,अचार,आदी विभिन्न परिकार हरु पनि थिए । सर्व मानव समाजलाई बढी भन्दा बढी संख्यामा यस्ता महायज्ञमा सहभागी भई पुण्य आर्जन गर्न तथा विकारमुक्त स्वच्छ,सभ्य, समृद्ध समाज निर्माणमा सहयोग गर्न आयोजकले अनुरोध गरेका छन् । विभिन्न सञ्चार माध्यमद्वारा उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News